FAQs Complain Problems

अरुण गाउँपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न।

अरुण गाउँपालिकाको आयोजनामा अरुण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता 2080 मिति 2080/09/27 गते श्री विश्‍वप्रेमी माद्यमिक विद्यालय अरुण-5 याकुमा अरुण गाउँपालिका अध्यक्ष तथा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन तथा व्यवस्थापन समितिका संयोजक श्री शालिकराम खत्रीको अध्यक्षतामा तथा संविधान सभा सदस्य माननीय लोकमणी ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम उदघाटन भएको थियो । गाउँपालिकाबाट गाउँपालिका उपाध्यक्ष श्री विनिता ढकाल,प्रमुख प्रशासकीय अधिकृत श्री मणिराम खतिवडा, शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख श्री मोहन सिह साउद,सामाजिक विकास समिति संयोजक तथा वडा नं.7का वडाध्यक्ष श्री कुमार थापा, वडा नं.5का वडा अध्यक्ष श्री युवराज ढकाल, शिक्षा समिति सदस्यहरु श्री बविन्द्र रसाइली, टिका प्रसाद कोइराला, शिवहरी खड्का,ज्ञानेन्द्र दाहाल लगायत शिक्षा प्रेमीहरुको उपस्थिति रहेको थियो ।2080/09/27देखि 2080/10/01 गते 4 दिन सम्म संचालित खेलको समापन समारोहको अध्यक्षता गाउँपालिका उपाध्यक्ष श्री विनिता ढकालबाट भएको थियो ।खेलका 25वटा इभेन्टहरुमा श्री शारदा माद्यमिक विद्यालय अरुण-3 प्याउली 8 स्वर्ण, 9 रजत र 4 काश्य प्राप्त गरि प्रथम, श्री अरुणोदय माद्यमिक विद्यालय अरुण-4 चरम्बी 5 स्वर्ण ,2 रजत र 2 काश्य सहित द्वितीय र श्री कटका माद्यमिक विद्यालय 4 स्वर्ण, 8 रजत र 6 काश्य सहित तृतीय तथा श्री महेन्द्रोदय माद्यमिक विद्यालय अरुण-6 जरायोटारर 4 स्वर्ण, 3 रजत र 4 काश्य सहित सान्तवना स्थान हासिल गर्न सफल भएका छन् । प्रथम, द्वितीय,तृतीय र सान्तवना स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः10000, 8000,6000 र 4000 नगद तथा मेडल ट्रफी वितरण भएको थियो भने प्रथम विद्यालयले रनिङ शिल्ड प्राप्त गरेको थियो ।गाउँ पालिका उपाध्यक्ष श्री विनिता ढकालले विभिन्न स्थान हासिल गर्ने विद्यालयहरुलाई बधाइ तथा आगामी जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

आर्थिक वर्ष: